शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

विभिन्न पार्टी परित्याग गरी युवा नेताहरु आजपामा प्रवेश प्रभु साहले गरे स्वागत

  • 85
  •  
  •  
  •  
  •  
  •  
  •  
    85
    Shares

 

शनिबार ३१ जेठ २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले लुटेरा, भ्रष्ट शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकार विहीन, आवाज विहीन सर्वसधारणको सिपाही हुनुमा गौरव लागेको बताएका छन् ।

आजपा निकटको आम सम्पर्क मञ्च केन्द्रीय कमिटीको आज (शनिबार) काठमाडौंको कोटेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘म जुन पार्टीमा थिए, त्यहाँ राम्रै पोजिसनमा थिए । तर त्यहाँबाट आम जनताले अधिकार नपाउँने, भ्रष्टहरुको रजगज रहेको मैले अनुभुति गरे,’ आजपा अध्यक्ष साहले भने, ‘आम जनताले कसरी अधिकार पाउँने, राज्यसत्तामा कसरी पहुँच हुने, अधिकार विहीनको अधिकार कसरी सुरक्षित गर्ने भन्ने बारेमा सोचेरै आम जनता पार्टीको गठन गरेको हो । मलाई लुटेर, भ्रष्ट एवं शासकहरुको कमाण्डर हुनुभन्दा शोसित, पीडित, अधिकार विहीनहरुको सिपाही हुनुमा गर्व महशुस हुन्छ ।’

काँग्रेस, कम्युनिष्ट भनाउँदा दलहरुले आम जनतालाई धोखा दिईरहेको बताउदै उनले शासनसत्तामा आम जनताको अधिकार एवं सहभागिताका लागि पाईरहेको सुख, सुविधा त्यागेर, गठबन्धनको टिकट परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

अहिले शासन व्यवस्था लुटेर वर्गको कब्जामा रहेको र नेपालमा लुटेर विदेशमा सम्पती थुपारिरहेकाले आम जनताको शासन व्यवस्थामा पहुँच नभएसम्म संघर्ष जारी राख्ने उनले बताए । नेपालमा दुई थरीको मान्छेहरु रहेको बताउदै उनले एकले नेपाललाई समृद्ध बनाउन खोजेको र श्रम गरिरहेको बताए । अर्को थरीका मान्छे नेपालमा लुटने, भ्रष्टाचार गर्ने र विदेशमा पुँजी थुपार्ने काम गरिरहेको उनले बताए ।

नेपालमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि यहाँबाट लुटेर विदेशमा पुँजी थुपार्नेहरु उतै बस्न खोजेको उनले बताए । नेपालको पुँजी पनि उनीहरुले बिदेशमा लगिरहेको बताउदै उनले यसमा सरकारले पनि सहयोग गरिरहेको टिप्पणी उनले गरे ।

अहिले भगौडाबर्गको शासन रहेको बताउदै आजपा अध्यक्ष साहले आम जनताको शासन नहुँन्जेल संघर्ष जारी राख्नुपर्ने बताए । यस्तै दुनियामा कहि नभएको व्यवस्था नेपालमा गरेर लुट मचाउँने काम भईरहेको उनले बताए । ६५३ भन्दा बढी सरकारले करपिच्छे कर र करको पनि कर लिएर आम जनतालाई लुटिरहेको उनले बताए ।
‘तीन टायरको सरकार विश्वमा कही पनि छैन् । तर नेपालमा तीन टायरको सरकार बनाएर लुट मचाइएको छ । करमाथि कर, करको पनि कर । सरकारले मुलुकमा कर आतंक मचाएको छ । यसका बिरुद्ध हामी एकजुट भएर संघर्ष गर्नुको विकल्प छैन्,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारको मनोमानी तथा सरकार पिच्छे कर आतंक बिरुद्ध लडनैपर्छ ।’

सोही कार्यक्रमका बीच बिभिन्न पार्टी एवं संगठन परित्याग गरी युवा नेताहरु आजपामा प्रवेश गरेका छन् । उनीहरुलाई आजपा अध्यक्ष साहले अविर, खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । सप्तरी निवासी इन्जिनियर राधेश्याम मण्डल, प्रमेश्वर साह, रौतहटका हार्दिक साह, रमेशकुमार साह, सत्येन्द्र साह, विपुलेन्द्र सहनी, रोशन सहनी, सर्लाहीका विरेन्द्र साह, रामपृत राय यादव, पर्साका ओमप्रकाश साह लगायतका युवा नेताहरु आजपामा प्रवेश गरेका हुन् ।

आम सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष देवेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकमा इन्चार्ज बिल्टु यादव, सहइन्चार्ज श्रीनारायण साह, आजपा नेताहरु सुमन यादव, सीमा जैसवाल, मिना साह, उपेन्द्र साह, राजेश शर्मा लगायतको विशेष सहभागिता रहेको थियो । बैठकले सम्पर्क मञ्चको संगठन बिस्तार र संघर्षका कार्यक्रम एवं रणनीतिको बारेमा छलफल गरेको मञ्चका नेता राजेश शर्माले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x