मधेसमा प्रतिनिधि सभा निर्वाचनका लागि ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

आइतबार १८ माघ २०८२
काठमाडौं / आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मधेस प्रदेशभर तीन तहको कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। प्रदेशका आठै जिल्लामा रहेका २ हजार १ सय ६० मतदानस्थलमध्ये ठूलो संख्यालाई अति संवेदनशील सूचीमा राख्दै उच्च सतर्कताका साथ सुरक्षा योजना कार्यान्वयन गरिएको हो।
खुला सीमा, विगतका निर्वाचनकालीन घटनाक्रम तथा सामाजिक–सांस्कृतिक संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेनासमेत गरी ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन ड्रोन निगरानी, सीसी क्यामेरा जडान तथा विशेष रणनीतिक टोली परिचालन गरिएको छ। विशेषगरी सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा सुरक्षा सतर्कता अझ कडा बनाइएको प्रहरीले जानकारी दिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचन प्रक्रिया अवरोधरहित बनाउन सीमा नाकामा निगरानी बढाइएको छ भने कुनै पनि अवाञ्छित गतिविधि सह्य नहुने चेतावनीसमेत दिइएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE