नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला


अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्नेमा उनको जोड छ। पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको उनको जिकिर थियो। ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ। पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ। यसका किन्तु परन्तु भन्न पाइदैन,’ उनले भने, ‘महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ। नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’
नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए।
‘पार्टीमा एकता छैन। पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता हो। त्यसको लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरूले पहल गर्नुपर्छ,’ उनले भने। अहिले कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको उनको भनाइ छ। विस्तारै कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोप्रति आफू चिन्तित रहेको उनले बताए।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE