सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

अमेरिका र नेपाल ‘ए’बीच आज अन्तिम अभ्यास खेल

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

सोमबार २८ बैशाख २०८३
काठमाडौं/  आईसीसी विश्वकप लिग–२ को तयारीका लागि नेपालमा रहेको अमेरिकी टोलीले आज नेपाल ‘ए’सँग अन्तिम अभ्यास खेल खेल्दैछ । अमेरिका, नेपाल ‘ए’ र स्कटल्यान्ड सहभागी चार खेलको अभ्यास सिरिजअन्तर्गत आज अन्तिम खेल हुन लागेको हो ।
खेल काठमाडौंस्थित मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । पहिलो अभ्यास खेलमा नेपाल ‘ए’सँग ३ विकेटले पराजित भएको अमेरिका आजको खेल जित्दै विश्वकप लिग–२ अघि आत्मबल बढाउने लक्ष्यमा छ ।
यता नेपाल ‘ए’ टोली लगातार तीन खेलमा जित निकाल्दै उत्कृष्ट लयमा देखिएको छ । टोलीले अन्तिम अभ्यास खेल पनि जितेर सिनियर नेपाली टोलीलाई सकारात्मक चुनौती दिन चाहेको छ ।
यसअघि पहिलो खेलमा नेपाल ‘ए’ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो । दोस्रो खेलमा अमेरिकालाई ३ विकेटले तथा तेस्रो खेलमा फेरि स्कटल्यान्डलाई ९ रनले पराजित गर्दै नेपाल ‘ए’ले लगातार तीन जित हात पारेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x