शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

तिलक थापा र एलिजा गौतमलाई सुदूरपश्चिममा आजपाको विशेष कमाण्डरको जिम्मेवारी ।

Spread the love

 

काठमाडौं, १६ पुस
नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै नेताहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज बसेको काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकमार्फत एमाले र नेकपा परित्याग गर्दै नेताहरु आजपामा प्रवेश गरेका हुन् ।

नेकपाको बैकल्पिक केन्द्रीय सदस्य रामएकबाल यादव (सिरहा), रौतहटको गरुडा नगरपालिका वडा नं. ६ को निर्वाचित वडा अध्यक्ष एवं एमाले नेता रामबाबु प्रसाद चौधरी, नेकपा गोरखा जिल्ला सचिवालय सदस्य राजन विक, जिल्ला सदस्यद्धय सुरेश सुर्खेती, राम सुर्खेती लगायतका नेताहरु पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

आजपा अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले नवप्रवेशीहरुलाई टीका, माला लगाई पार्टीमा स्वागत गरे । पार्टी प्रवेश गर्नेलाई क्षमता, योग्यता अनुसार पार्टीमा जिम्मेवारी दिइने उनले बताए । साथै अगामी निर्वाचन केन्द्रीत पार्टीको गतिविधिमा लाग्न साहले निर्देशन समेत दिए ।

पार्टी प्रवेश गर्नेहरुले आजपाले उठाउदै आएको मुद्दा, नीति, बिचार, मुलुक र नेपाली जनताको हितमा भएको बताउदै आफूहरु त्यसैबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन् । आगामी दिनमा पार्टीले दिने जिम्मेवारी अनुसार शसक्त एवं प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अगाडी बढने प्रतिबद्धता उनीहरुले व्यक्त गरे ।

बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रीत छलफल गर्दै नेताहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ । विभिन्न प्रदेशको बैठक, भेला, कार्यालय व्यवस्थापन, प्रचारप्रसार, घोषणापत्र निर्माण, जनपरिचालन सहित आउँदो १९ पुसमा काठमाडौंमा पार्टी निकटको आम विद्यार्थी मोर्चाको उपत्यका भेला गर्ने निर्णय समेत भएको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

बैठकले सुदुरपश्चिम प्रदेशको बैठक, भेलाका लागि तिलक थापामगर, एलिजा गौतम, लुम्बिनी प्रदेशमा त्रिभुवन साह अमर, बिजय यादव, मधेस प्रदेशमा उमेश कुशवाहा, बागमती प्रदेशमा धनकुमारी, देवी पण्डित रेग्मी, गण्डकी प्रदेशमा भोजराज त्रिपाठी, कोशी प्रदेशमा जुरीलाल मोची र खगेन्द्र भण्डारीलाई विशेष जिम्मेवारी तोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x