शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णयप्रति आङ्देम्बेको आपत्ति

Spread the love

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।
उनले यस्तो निर्णयले प्रेस स्वतन्त्रतामा असर पार्नुका साथै निजी सञ्चारमाध्यमहरूको आर्थिक आधार कमजोर बनाउने खतरा रहेको बताए। आङ्देम्बेका अनुसार यो विषयलाई कांग्रेसले गम्भीर रूपमा लिएको छ र संसद् तथा संसदीय समितिहरूमा प्राथमिकताका साथ उठाइनेछ।
यस्तै, नेपाल पत्रकार महासंघ समेत उक्त निर्णयविरुद्ध आन्दोलित भएको छ। महासंघका अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल लगायतको टोलीले आङ्देम्बेलाई भेटेर सरकारको निर्णय खारेज गर्न दबाब दिन ध्यानाकर्षण गराएको थियो।
सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णय गरेपछि यस विषयले राजनीतिक तथा सञ्चार क्षेत्र दुवैमा बहस चर्किएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x