बिहीबार १ साउन २०८२
काठमाडौ / नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको छ। बैठक साउन २ गतेको पोलिटब्युरो र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न आह्वान गरिएको हो।
पार्टीले आगामी भदौ २०–२२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधन प्रस्तावहरू पेस गरिने छन्। राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ।
यता, पार्टीभित्र ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालसम्बन्धी प्रस्तावले विवाद चर्किँदै गएको छ।







WRITE COMMENTS FOR THIS ARTICLE