शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

अजको मौसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Spread the love

काठमाडौं, फागुन ६ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहेको छ।
आज दिउँसो तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। विशेषगरी गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का उच्च भू–भागमा सामान्य बदली रहने जनाइएको छ।
त्यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको छ।
महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान छ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ भने पहाडी भेगका थोरै स्थानमा छिटपुट वर्षा हुन सक्ने जनाइएको छ।
मौसममा सम्भावित परिवर्तनलाई मध्यनजर गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x