सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं, फागुन १५ – स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। बिहीबारको तुलनामा सुन प्रतितोला रु ५०० ले घट्दा चाँदी प्रतितोला रु १५ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १४ हजार ९०० कायम भएको छ। बिहीबार यही सुनको मूल्य प्रतितोला रु ३ लाख १५ हजार ४०० थियो।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु ५ हजार ७४० निर्धारण गरिएको छ। बिहीबार चाँदी प्रतितोला रु ५ हजार ७२५ मा कारोबार भएको थियो।
गत बुधबार सुन प्रतितोला रु ३ लाख १४ हजार ९०० र चाँदी रु ५ हजार ५८५ मा निर्धारण भएको थियो भने सोमबार सुन रु ३ लाख १३ हजार ५०० र चाँदी रु ५ हजार ५९५ मा किनबेच भएको तथ्यांक छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज एक औँस सुन ५ हजार १८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति औँस ९० अमेरिकी डलर आसपासमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE