शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना; सतर्क रहन आग्रह

Spread the love

शुक्रबार १ साउन २०८३
काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शुक्रबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान, साथै मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाका अनुसार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि देशभर बदली कायम रहने र धेरै स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सचेत रहन अनुरोध गरिएको छ।
#Monsoon #WeatherUpdate #HeavyRain #नेपाल #मौसम #मनसुन #बाढी #पहिरो #JayJanataTV

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x