शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बयानका लागि रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

मङ्गलबार ११ मंसिर २०८१

काठमाडौं / सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौं ल्याइने भएको छ।

सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याउने भएको हो। उनलाई काठमाडौं ल्याउन बुद्ध एयरको मंगलबार बिहान साढे ८ बजेको टिकट बुकिङ गरिएको बताइएको छ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो। काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरण अनुसन्धानका लागि उनको बयान लिइनेछ।

बयान गराएर फेरि पोखरामै फर्काइने छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयानका लागि लगिनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x