बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

जिवन भोगेका राजेशको मोडलिङमा फड्को

  • 2.1K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

मङलबार ४ भदौ २०८१

काठमाडौ / सिन्धुली जिल्लाको दुधौली- १० मा जन्मिएका राजेश भट्टराईले जिवनमा धेरै उतरचढाबहरु झेल्नपुगे, भबिस्य निर्माणको लागि तरकारी ब्यबसाय गर्ने क्रममा साइकलमा तरकारीका भारिहरु ठेलेको सम्झना ताजैछ उनिसङ्ग । ब्याचलर सम्मको अध्ययन पूरा गरि वैदेशिक रोजगारिको सिलसिलामा खाडिमुलुक दुबईमा करिब ७ बर्ष बिताउदाको पल हरु झल्झली सम्झदै उनी भन्छन् , ५० डिग्रीको तापक्रममा नेपालिहरुको दुख प्रत्यक्ष भोगियो। बुवा खगेन्द्र भट्टराईको पालादेखिनै तरकारी ब्यबसायलाई राजेशले दुबईबाट फर्केर साथ दिन थाले।

सानैदेखी गायनमा रुचि राख्ने राजेशले स्कुले जिबनमा समेत थुप्रै स्कुलमा हुने कार्यक्रममा भाग लिएर धेरैको मन जित्ने गरेको बताउँछन् । राजेशको बाल्यकालदेखिकै कलाकारिता रहर हाल आएर पूरा भएको छ,उनले भर्खरै मात्र चर्चित गायक डिजराज पौडेलले गाएको जुन मोरिले हिजो तक नामक गितमा मोडलिङ गरेका छन। साथीहरू बाट बिच बिचमा मोडलिङ को प्रस्ताव आएपनी समय नजुरेर गरिएन अहिले जुर्यो राजेश भन्छन। उक्त म्युजिक भिडियोमा राजेशलाई मोडेल अन्जु सुनुवारले साथ दियकी छिन भने कपिल कार्कीले भिडियोको निर्देशन गरेका छन।

राजेश भन्छन कलाकारिता प्रबेश गरिहाले अब मोडलिङ सङै गायनलाई पनि सङ्गीत कक्षा लिएर अगाडि बढाउनेछु। उनको पहिलो म्युजिक भिडियो केहिदिनमा आर्या इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्बजनिक हुदैछ।

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv