शुक्रबार, जेष्ठ २९, २०८३
Friday, June 12, 2026

मन्त्री गीता चौधरीसँग चिनियाँ राजदूतको भेट, कृषि-वनमा सहकार्य विस्तार गर्ने सहमति

  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

शुक्रबार २९ जेठ २०८३

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगका विषयमा कुराकानी भएको थियो ।

सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै चीन सरकारको सहयोगको अपेक्षा गरेको बताइन् । साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको उनले बताइन् ।

भेटमा चिनियाँ राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x