विश्वकपमा मेक्सिकोको विजयी सुरुआत, दक्षिण अफ्रिकामाथि २–० को सहज जित

काठमाडौं । घरेलु टोली मेक्सिको ले फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा दक्षिण अफ्रिका लाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
मेक्सिको सिटीस्थित प्रतिष्ठित अज्टेका रंगशालामा सम्पन्न खेलमा घरेलु समर्थकको उत्साहजनक साथ पाएको मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे। यस जितसँगै मेक्सिकोले विश्वकपको उद्घाटन खेलमा पहिलो पटक विजयी सुरुआत गर्ने इतिहास पनि रचेको छ।
खेलको नवौँ मिनेटमै इरिक लिराको उत्कृष्ट पासमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दक्षिण अफ्रिकाले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।
दोस्रो हाफको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै ६७औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।
खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा खुम्चिएको थियो। अतिरिक्त समयमा मेक्सिकोका कप्तान सेजर मोन्टेसले समेत रातो कार्ड सामना गरेपछि खेल तनावपूर्ण बनेको थियो।
विश्वकप इतिहासमै उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाएको यो पहिलो अवसर बनेको छ।
यस जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोड्दै शीर्ष स्थानमा सुरुआत गरेको छ। यही समूहअन्तर्गत दक्षिण कोरिया र चेक गणतन्त्रबीचको अर्को खेल पनि हुने तालिका रहेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE