शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

बझाङमा एमालेका दमन भण्डारी निर्वाचित

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

सोमबार १७ वैशाख २०८१

काठमाडौं। बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतको मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन्।

मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन्।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो। यहाँ ११ दलका उम्मेदवार थिए। २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x