शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

जेनजी पुस्तासँग माफी माग्दै गगन थापा (भिडियो सहित)

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडिओ सन्देश जारी गरेका छन् । जेन जी पुस्तालाई सम्बोधन गर्दै उनले भिडिओ जारी गरेका हुन्। उनले सुरुमै आफू कांग्रेसको महामन्त्रीको हैसियतमा नबोलेको भनेका छन्। जेन जी पुस्ताको लागि गर्नुपर्ने काम गर्न नसकेकोमा उनले सुरुमै माफी मागेका छन्।

भदौ २३ गते १९ जना युवाहरुको हत्या भएको घट्नामा आफू प्रत्यक्ष रुपमा संलग्न नभएको भएपनि माफी माग्ने भनेका छन्। त्यो घट्ना अपराध थियो भन्ने उनको टिप्पणी थियो। सोसल मिडिया बन्द गर्ने निर्णय गर्दा आफू सुरुमा दौडिएर सभापति शेरबहादुर देउवाकहाँ गएको पनि थापाले स्मरण गराएका छन्। सोसल मिडियामा प्रतिबन्ध लगाउने काम रोक्न सकेको भए यस्तो ठूलो घट्ना नघट्ने उनको दाबी छ।

जेन जी मुभमेन्टमा समर्थन गर्नुहुन्छ भनेर आफ्नी छोरीले सोध्दा आफूले समर्थन गर्छु भनेको पनि थापाले स्मरण गराएका छन् । तर, त्यो मुभमेन्टमा कसैले कतै घुसपैठ गर्छ कि भन्ने आशंका रहेको उनको भनाई छ । त्यो घट्ना घटेको दिनको साँझमा गृहमन्त्री रमेश लेखकलाई भेट्दा तुरुन्त राजीनामा दिन भनेको उनले सम्झाए ।

भदौ २४ गते बिहान सरकारबाट फिर्ता हुन भनेर सभापतिलाई भनेको पनि स्मरण गराए । आफ्नो घरमा आगो लगाउन आउनेहरु केही नयाँ पार्टीका मान्छे र केही पूराना पार्टीका मान्छेपनि रहेको उनको दाबी छ । सुरुमा गाडीमा आगो लगाईएको र एकै छिनमा घरपनि आगो लगाईएको उनको भनाई छ । तर, त्यही भीडमा रहेका केही युवाहरुले आफूहरुलाई पछाडिको बाटो बनाएर बुवा, आमा, हिँड्न नसक्ने कान्छो बुवा, श्रीमती र छोरीहरुलाई निकालेको भन्दै आभार व्यक्त गरेका छन् । आफ्नो जलेको घर घरमात्रै नभएर दुःख गरेर सिर्जना गरिएको कुरा ध्वस्त भएको भन्दै दुःख व्यक्त गरेका छन्।

उनले आफूहरु पनि तीन जना बुढा नेताहरु बिदा हुनुपर्छ भनेर लडेको पनि स्मरण गराए। सभापति देउवासँग दलको नेतामा चुनावपनि लडेको उनले स्मरण गराए । उनले सरकारले एकपछि अर्को गरेर नराम्रो काम गरेको स्मरण गराए । कुलमान घिसिङलाई नहटाउन भनेको पनि उनले सम्झाए। खराब काम गर्ने कांग्रेस र एमालेकालाई नजोगाउन भनेको पनि उनले बताए । भनेको काम गर्न नसकिएपछि आफूले सरकार चलाउन बनाएको संयन्त्रपनि छाडेको उनले भने।

उनले नेपालको इतिहासमा आन्दोलन हुँदै गर्दा यत्रो सार्वजनिक सम्पत्तिमा क्षति कहिल्यैपनि नभएको स्मरण गराएका छन्। यो कसले गराएको हो भनेर छानबिन हुनुपर्ने माग गरेका छन् । कसले गरेको र किन गरेको ? जसले गरेको हो उसले सजाय पाउनुपर्नेमा थापाको जोड छ । प्रत्येक नेताहरुको सम्पत्तिको छानबिन हुनुपर्नेमा उनको जोड छ । नयाँ बन्ने सरकारले तत्काल कानून बनाएर शक्तिशाली आयोग बनाएर आफू, परिवार र सबैको आय तथा व्यवसाय सबैको बारेमा छानबिन हुनुपर्ने र जसले गल्ती गरेको उसको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने कुरा ठीक रहेको बताए । जेन जी को भावनाअनुसार काम गर्ने कुरा ठीक रहेको उनको भनाइ छ। उनले अहिलेको संविधान सबैको सन्तुलन मिलाएर बनाएको उल्लेख गर्दै संविधानको निरन्तरतालाई ख्याल गर्न जेन जीलाई भनेका छन् । जे गरेपनि संविधानमा टेक्न भनेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x