कुकुरलाई रुखमा झुन्ड्याएर मार्ने दुई पक्राउ

रोल्पा / कुकुरलाई रुखमा झुन्ड्याएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन ।
भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेका हुन ।
जिल्लाको लुङ्ग्री गाउँपालिका–७, हार्जङ क्वाछिवाङमा गत वैशाख ३ गते कुकुरलाई अमानवीय व्यवहार गर्दै रुखमा झुन्ड्याई मारिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
भिडियो सार्वजनिक भएपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुई जनालाई वैशाख ७ गते पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका–७ का २० वर्षीय सुन्दर परियार र सोही स्थानका १८ वर्षीय डम्मर पुन रहेका छन्।
उनीहरूविरुद्ध पशुपक्षी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार उनीहरूलाई जिल्ला अदालत रोल्पाबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।
‘कुकुरलाई झुन्ड्याएर मारिएको भिडियो सामाजिक सञ्जालमा देखिएपछि अनुसन्धान सुरु गरिएको हो’, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहित कुमार शाहीले भने, ‘दुवैलाई नियन्त्रणमा लिई पशुपक्षी सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ।’
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE