तिज आउनै लाग्दा रियाको ‘सिंगापुरे साडी’

आइतबार १ साउन २०८२
काठमाडौ / नेपाली हिन्दु दिदीबहिनीको पर्व तिज आउनै लाग्दा मिस तामाङ रिया लामाले ‘सिंगापुरे साडी’ ल्याइन्।
उनले कुनैसमय लाहुरेको विशेष चिनोको रुपमा प्रख्यात ‘सिंगापुरे साडी,मलायो माला’ सुन्दर शब्द रहेको गीतमा दमदार प्रस्तुति दिएकी हुन्।रियालाइ अजित राइले साथ दिएका छन् ।
सबैलाइ नचाउने उद्देश्यले यो गीत बजारमा ल्याइएको गीतकार राम बहादुर तामाङले बताए।
गीतमा स्वर नेपाली एकमात्र विस्वविख्यात वरिष्ठ गायक राजेश पायल राइको रहेको छ भने चर्चित संगीतकार तथा निर्देशक राज्य राई देमिनको संगीत रहेको छ।साथै यो गीतको निर्देशन पनि देमिनले नै गरेका छन् ।
तिज,चडपर्व,बिहे ,पार्टि,डिस्को सबैलाई उत्कृष्ट सुहाउने मनोरञ्जनात्मक गीत रेलि फिल्मसको युट्युव च्यानलबाट ल्याइएको छ।
लामो समयपछि कोरियोग्राफर गोरख राई पुनः आगमन गरेको यो गीतको सिनेमाटोग्राफर योदिन योन्जनको रहेको छ।भिडियोको सम्पादन तथा कलर रामेस्वर जिरेलले गरेका छन् ।
सायारेम स्टुडियो अनामनगरमा रेकर्ड भएको यो गीतको रकर्डिष्ट तथा अडियो मिक्सिङ बिबहपले गरेका हुन् ।यस् गीतको एरेन्ज सनम पुरुष राइले गरेका छन् ।
यो गीत सबै उमेरका दर्शक स्रोताहरुले मन पराउने आशा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE