सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

दहालले शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा दिए धन्यवाद

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

बिहीबार २१ फागुन २०८२
काठमाडौं / पुष्प कमल दहालले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएकोमा सबै पक्षलाई धन्यवाद दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले जटिल राजनीतिक परिस्थितिका बीच सम्पन्न निर्वाचनले सबै आशंका चिर्दै सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका हुन्।
उनले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले नेपालको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको उल्लेख गरेका छन्।
दाहालले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x