शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

पार्टीभित्र शुद्धीकरण अभियान चलाउनु पर्छ : शेखर कोइराला

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

सोमबार १ बैशाख २०८२

काठमाडौं / नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले नेपाली राष्ट्रियता, धर्म, संस्कृति र समृद्धिको लागि एकपटक नेपाली कांग्रेसमा पूनर्जागरणकाल जगाउनुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले कांग्रेसका इमानदार, निस्वार्थी र स्वाभिमानी साथीहरुको सक्रियताबिना पार्टीमा इमान र नैतिकताको राजनीतिक भावधारा बगाउन सम्भव नभएको पनि उनले टिप्पणी गरेका छन् ।

उनले राजनीतिमा देखिएको विकृति र विसंगतिको उपचारको खोजी पार्टीभित्रबाट गर्नुपर्नेमा आफ्नो मत राखेका छन् । उनले ‘क्याम्पेन फर क्लिन पोलिटिक्स’ को अभियान चलाउनुपर्ने आवश्यकत्ता पनि औंल्याएका छन् । यो अभियान नचलाएसम्म कांग्रेस पार्टी ‘सुकिला मुकिला र पैसावालाको कब्जामा’ जाने खतरा रहेको पनि औंल्याएका छन् ।

कुशासन, भ्रष्टाचार, दण्डहिनता र अभियमितता संस्थागत भएर चुँडिँदै गएको नागरिक र पार्टीको सम्बन्धलाई जोड्न पार्टीभित्र शुद्धीकरण अभियानपनि चलाउनुपर्ने बताएका छन् । उनले आफू र आफ्नो दलभन्दा ‘देश र जनता’ माथि छन् भन्ने सोचले काम गरेमात्रै देशले निकास पाउने विश्वास दिलाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv