बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

आफ्ना योजना सार्वजनिक गर्न  पत्रकार सम्मेलन गर्दै भीम रावल

  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

बुधबार १७ पुष २०८१

काठमाडौं / सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् । बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । गत सोमबार उनले नेपाली कांग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा। तारा जोशीसँग छलफल गरेका थिए ।

उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ । २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसपछि पार्टीमा निष्क्रिय रहेका थिए । रावलले आफूले खोल्ने पाटीको नाम गैरकम्युनिष्ट हुने बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x