काठमाडौँ उपत्यकामा रात्रिकालीन सार्वजनिक बस सेवा सुरु

बुधबार २ बैशाख २०८३
काठमाडौँ / उपत्यकाभित्र रातिको समयमा पनि सहज सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याइएको छ।
काठमाडौँ महानगरपालिका को पहलमा अन्य स्थानीय तह तथा साझा यातायात को सहकार्यमा उक्त सेवा सुरु गरिएको हो।
नयाँ व्यवस्थाअनुसार राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन हुनेछ। सेवा सुरु भएसँगै उपत्यकाका प्रमुख अस्पताल तथा महत्वपूर्ण स्थानहरूलाई जोड्ने गरी दुई मुख्य रुट निर्धारण गरिएको छ।
मुख्य रुटहरू
१. लगनखेल–बुढानीलकण्ठ रुट
ललितपुरको लगनखेलबाट सुरु हुने यो रुट पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल तथा गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म विस्तार गरिएको छ।
यस रुटको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको छ।
२. थानकोट–विमानस्थल रुट
थानकोटबाट सुरु हुने यो रुट सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, मीनभवन र तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ।
यस रुटको एकतर्फी दूरी करिब २० किलोमिटर छ।
सेवा विशेषता
दुवै रुटमा ४ वटा विद्युतीय बस सञ्चालन
करिब २० मिनेटको अन्तरालमा सेवा उपलब्ध
प्रमुख अस्पताल तथा व्यस्त क्षेत्रहरूमा सुविधा
रात्रिकालीन सेवा शुभारम्भ कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोल को उपस्थिति रहेको थियो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE