सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गृहकार्य भइरहेको छ: मन्त्री यादव

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

बागमती, ९ जेठ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्न सरकारले तीव्र गृहकार्य गरिरहेको बताएकी छन् ।

​हेटौँडास्थित औद्योगिक क्षेत्रको शनिबार स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण अवस्थामा पुगेको यस ऐतिहासिक कपडा उद्योगलाई पुनः ब्युँताउन सके मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले सरकारले यो उद्योग सञ्चालनको कामलाई छिट्टै तीव्रता दिने समेत स्पष्ट पारिन् ।

​आगामी बजेटमा रकम विनियोजन गरिने

​निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री यादवले देशको आर्थिक अवस्था सुदृढ बनाउन र आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न सरकारले देशभित्रका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने नीति लिएको जानकारी दिइन् ।

​”बन्द उद्योगहरू सञ्चालनमा आउँदा देशमै रोजगारीका नयाँ अवसरहरू सिर्जना हुन्छन् र युवा पलायन रोकिन्छ,” मन्त्री यादवले भनिन्, “हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकार आवश्यक तयारीमा जुटिसकेको छ र आगामी आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गर्दछु ।”

 

​औद्योगिक क्षेत्रको पृष्ठभूमि

​अमेरिकी सरकारको आर्थिक सहयोगमा विक्रम संवत २०२० साल मङ्सिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र देशकै प्रमुख औद्योगिक केन्द्रमध्ये एक हो । हाल यस औद्योगिक क्षेत्रभित्र कुल १४७ वटा उद्योग तथा प्रतिष्ठानहरू सञ्चालनमा रहेका छन् ।

​लामो समयदेखि नेपाली कपडा उत्पादनको धरोहरका रूपमा रहेको यो उद्योग पुनः सञ्चालनमा आउने मन्त्रीको आश्वासनपछि स्थानीय उद्योगी, व्यवसायी र सर्वसाधारणमा उत्साह थपिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x