पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन चाँडै हुने : सभापति लामिछाने

बुधबार १६ वैशाख २०८३
काठमाडौ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छिट्टै छानबिन प्रक्रिया सुरु हुने बताएका छन्।
बुधबार बसेको रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले गुरुङमाथि छानबिन आवश्यक रहेको र प्रक्रिया छिट्टै अगाडि बढाइने जानकारी दिए। उनका अनुसार छानबिनको ढाँचा र विधि भने अझै टुंगो लागिसकेको छैन।
लामिछानेले भने, “छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ। कुन प्रकारबाट गर्ने भन्नेबारे पनि छिट्टै जानकारी दिइनेछ। उहाँ आफैंले पनि नैतिकताको आधारमा आफूमाथि छानबिन हुनुपर्ने माग गर्नुभएको छ।”
विवादित व्यवसायी दीपक भट्टसँग अनुचित आर्थिक कारोबार गरेको आरोप लागेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE