सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026

गौर हत्याकाण्डबारे भ्रामक प्रचार नगर्न पीडितको अपिल

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार ७ बैशाख २०८२
काठमाडौं / गौर हत्याकाण्ड का पीडितहरूले घटनाबारे भ्रामक प्रचार नगर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेका छन्।
गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर आपराधिक घटनालाई तोडमोड गरेर प्रस्तुत गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएकी हुन्। हालै प्रकाशित एक समाचारप्रति ध्यानाकर्षण गराउँदै उनले उक्त सामग्री तथ्य, प्रमाण र आधिकारिक अभिलेखसँग नमेल खाने, भ्रामक तथा कपोलकल्पित रहेको दाबी गरिन्।
उनका अनुसार, घटनासम्बन्धी अप्रमाणित आरोप र भ्रामक व्याख्याले जनमानसमा भ्रम सिर्जना गर्ने काम भइरहेको छ, जुन पत्रकारिताको आचारसंहिता र कानुनविपरीत हो।
पीडित पक्षले प्रभु साह को भूमिकालाई समेत तोडमोड गरेर प्रस्तुत गरिएकोप्रति आपत्ति जनाएको छ। उपाध्यायका अनुसार साहले सुरुदेखि नै पीडितलाई न्याय दिलाउन सडक, सदन र सर्वोच्च अदालतसम्म निरन्तर साथ दिएका छन्।
“हामीलाई न्याय दिलाउन निरन्तर आवाज उठाउने नेता प्रभु साह हुनुहुन्छ। उहाँ हाम्रो लागि अभिभावकजस्तै हुनुहुन्छ, एक अर्थमा भगवान् सरह,” पति गुमाएकी उपाध्यायले भनिन्।
पीडित पक्षले करिब १८ वर्षदेखि दोषीलाई कानुनी दायरामा ल्याउन शान्तिपूर्ण आन्दोलन, सम्बन्धित निकायमा ध्यानाकर्षण तथा अदालतमार्फत न्याय खोज्दै आएको जनाएको छ।
उपाध्यायले सञ्चारमाध्यमलाई गम्भीर तथा संवेदनशील विषयमा तथ्यपरक, निष्पक्ष र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्दै भ्रामक सामग्री तत्काल सच्याउन, औपचारिक खण्डन गर्न र भविष्यमा यस्ता कार्य नदोहो¥याउन चेतावनी दिएकी छन्।
पीडितहरूले यस्ता गलत समाचारले न्यायको अभियान कमजोर पार्ने, जनमत भ्रमित गर्ने र वास्तविक दोषीलाई उन्मुक्ति दिलाउने खतरा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x