काठमाडौँ क्षेत्र नं. २ मा तिलक बहादुर मगरको उम्मेदवारी: ‘मोवाइल’ चिह्न र विकासको नयाँ एजेन्डा

काठमाडौँ । आम जनता पार्टी (आजपा) का तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार तिलक बहादुर मगरले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनुभएको छ। “भ्रष्टाचारीलाई दरिलो चोट, मोवाइल चिह्नमा भोट” भन्ने मूल नाराका साथ उहाँले यस क्षेत्रको चौतर्फी विकासका लागि २१ बुँदे विशेष प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
मुख्य स्थानीय एजेन्डाहरू:
काठमाडौँ क्षेत्र नं. २ को विकास र समृद्धिका लागि निम्न विषयहरूलाई आफ्नो मुख्य प्राथमिकतामा राख्नुभएको छ:
- कर र सेवामा राहत: स्थानीय तहले लगाउँदै आएको अनावश्यक कर खारेजी गर्ने र जनतालाई खानेपानी तथा बिजुली निःशुल्क उपलब्ध गराउने।
- शिक्षा र स्वास्थ्य: ‘एक वडा, एक अस्पताल’ को अवधारणा ल्याउने र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने।
- पूर्वाधार र नदी नियन्त्रण: मनोहरा र शाली नदी लगायतका नदीहरूमा दिगो तटबन्ध निर्माण गर्ने तथा सडक पूर्वाधारको विकास गर्ने।
- रोजगारी र उद्योग: ‘एक वडा, एक उद्योग’ कार्यक्रम मार्फत युवाहरूलाई स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने।
- सामाजिक न्याय: सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने। साथै, सहकारी र लघुवित्त पीडितहरूलाई न्याय दिलाउने।
- आधुनिक सुविधा: क्षेत्रका विभिन्न स्थानमा फ्रि वाईफाईको व्यवस्था गर्ने र आधुनिक सहर निर्माणको पहल गर्ने।
व्यवस्था परिवर्तनको एजेन्डा
उम्मेदवार मगरले केवल विकास मात्र नभई देशको राजनीतिक प्रणालीमै सुधारको खाँचो रहेको बताउनुभएको छ। उहाँले ‘दलाल दलतन्त्र’ को अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभएको छ।
”मैले जारी गरेको यी प्रतिबद्धताहरू पूरा गरेरै छाड्नेछु,” भन्दै मगरले आदरणीय मतदाताहरूलाई ‘मोवाइल’ चिह्नमा मतदान गरी आफूलाई सेवा गर्ने अवसर दिन अपील गर्नुभएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE