शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

दसैंको शुभकामना सन्देश सहित दाहालको दाबीः माओवादीले पुस्तान्तरण प्रक्रिया थालिसक्यो

Spread the love

काठमाडौ / नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन्। जेन–जी आन्दोलनको मनोविज्ञानअनुसार नै माओवादी केन्द्रले पुस्तान्तरण प्रक्रिया आरम्भ गरेको दाहालको दाबी छ।

‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’, बडादसैंका अवसरमा दाहालले दिएको शुभकामना सन्देशमा भनिएको छ।

दाहालले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x