शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु,स्थानीयहरू त्रासमा

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

sharethis sharing button

बारा / बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने वर्ष ६३ को हस्तबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

सोमबार बिहान ७ सोही ठाउँको जङ्गलमा घाँस काट्ने क्रममा हात्ती देख्ने बित्तिकै थोकर भाग्न खोज्दा हात्तीले पछ्याई थोकरलाई लछारपछार गरी मारेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनु भयो ।

यसरी हात्तीले मान्छे मारेपछि सो एरियामा सुरक्षा सतर्कता अपनाएर आवतजावत गर्न प्रहरीले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणहरूमा अनुरोध गरेका छन् ।

मृतक थोकरको शव कलैया प्रादेशिक अस्पतालमा परीक्षण गरिएको तथा अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ । कोल्हवी एरियामा हात्तीको आक्रमणमा परि थोकरसहित ११ जनाले अनाहकमा यसरी ज्यान गुमाएका हुन् । थोकरको मृत्यु भएपछि जङ्गली जनवरको कारण स्थानीयहरू त्रासमा रहेका जियालाल चौधरीले भन्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x