शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

प्रधानमन्त्री बालेनद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त

Spread the love

२५ असार २०८३
काठमाडौं । प्रधानमन्त्री तथा सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति वालेन्द्र शाह ‘बालेन’ले देशका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका छन्।
सरकारद्वारा गठित छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले विभिन्न प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्।
नियुक्त भएका उपकुलपतिहरू यसप्रकार छन्:
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – डा. विवेक आचार्य
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान – डा. नवीसमान सिंह प्रधान
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान – डा. स्मृति कार्की
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान – डा. नारायणसिंह गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान – डा. सूर्यमान म्याहाङम्बो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान – डा. अजयकुमार मिश्र
उपकुलपति नियुक्तिका लागि सरकारले गठन गरेको ‘छनोट तथा सिफारिस समिति’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ तयार गरी आवश्यक प्रक्रिया अघि बढाएको थियो।
समितिले प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले कुल ४२ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरी मूल्याङ्कन तथा छनोट प्रक्रिया पूरा गरेपछि अन्तिम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x