शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

नेपाली कांग्रेसका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सप्पन्न

  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

 

पवन प्रसाद साह

वीरगंज।नेपाली कांग्रेस पर्साले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। जिराभवानी गाउपालिकाको वडा नं ३ को जितपुर बरात भवनमा भएको प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै‌ कार्यक्रमको सुरुमा‌ विभिन्न प्रजातिका बोटबिरुवाहरु लाई बृक्षा रोपन गरि सुरुवात गर्दै नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पार्टी भित्रको संगठन सुदृणिकरणका निम्ति यस्ताे प्रशिक्षण कार्यक्रमले कार्यकर्तामा थप हौसला प्रदान गर्ने बताए।उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नै धैरश्यता छाएको आराेप लगाए।पार्टी भित्रको संगठनलाई मजबुत बनाउनका लागि गाउँ–गाउँमा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने बताए ।

कार्यक्रममा अध्यक्षता गरेका  नेपाली कांग्रेस पर्साका उपसभापति तथा प्रशिक्षक शाखाका पर्सा जिल्ला प्रमुख रामनारायण कुर्मीले नेपाली कांग्रेस पर्साका सम्पुर्ण कार्यकर्ता एक भएर अगाडी बढे मात्र जनइच्छा पूरा गर्न सकिन्छ भन्दै प्रशिक्षणमा सिकेको कुरा टोलटोलमा जनतामा गई बुझाई दिन आग्रह गरेका थिए ।

त्यस्तै पर्सा क्षेत्र नं ४ क का प्रदेश सांसद शंकर चौधरीले नेपाली कांग्रेसलाई मजबुत बनाउन कार्यकर्ताहरु इमानदारीपुर्वक पार्टीको जिम्मेवारीमा लाग्नु पर्ने बताए। उनले मुलुकमा कम्युनिष्ट सरकारको दम्भले आम सर्वसाधारणमा नै धैरश्यता छाएको आराेप लगाए।

आज भएको प्रशिक्षण कार्यक्रममा फुलमहम्मद मिया,जितेन्द्र पुरुष ढकाल,अमृत लाल जोशी,धिरज गुप्ता,सरोज चौरसिया,लगायतले बोलेका थिए भने उक्त कार्यक्रममा प्रदेश सांसद शंकर चौधरी,पर्सा जिल्ला सचीव दिनेश चौधरी,नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम बहादुर थापा,प्रवक्ता रमेश पाण्डे,पर्सागढी नगरपालिकाका पुर्ब नगर अध्यक्ष लोकनारायण यादव,जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव,जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी,उपप्रमुख रेखा चौधरी,मनमोहन चौधरी,युवा नेता हरिन्द्र यादव,राहुल गुप्ता लगायत स्थानीय अगुवा तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x