शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

खानेपानीको माग गर्दै पाँचौ दिन केयूकेएलको कार्यालय घेराउ

  • 697
  •  
  •  
  •  
  •  
  •  
  •  
    697
    Shares

आईतवार २९ असार २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले खानेपानीको माग गर्दै आज (आईतबार) पाँचौदिन पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय घेराउ एवं धर्ना दिइएको छ । कार्यालय अगाडी धर्ना दिदै उनीहरुले सरकारका बिरुद्धमा चर्को नाराबाजी गरेका छन् ।

सुकुम्बासी संघले काठमाडौंको त्रिपुरेश्वर स्थित केयूकेएलको कार्यालय घेराउ गर्दै शुद्धखानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै उनीहरुले यसअघि ध्यानाकर्षणपत्र बुझाएका थिए ।

यसबारेमा सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाएका छन् । ‘सरकारले की खानेपानी दिनुपर्यो की खानेपानी मन्त्रीले राजीनामा दिनुपर्यो । असक्षम मन्त्रीले कुर्सीमा टासिएर कहिलेसम्म बस्ने हो,’ विकले प्रश्न गरे ।

सहभागिहरुले हातहातमा खाली गाग्री बोकेर हामीलाई खानेपानी देउ भन्दै केयूकेएलको कार्यालय घेराउ गरेका छन् । उनीहरुले सरकारका बिरुद्धमा चर्को नारावाजी समेत गरेका छन् । ‘घरघरमा पानी दे, एक घर एक धारा यो नै हो हाम्रो नारा, खानेपानीको विभेद अन्त्य गर, खानेपानी आर्शिवाद होइन अधिकार हो, खानेपानी नदिने सरकार बेकार हो, खानेपानी चोर कुर्सी छोड’ लगायतका नारावाजी गर्दै आन्दोलन भइरहेको छ ।

‘आजको २१औं शताब्दिमा आफ्नै देशका नागरिकलाई खानेपानीको हकबाट वञ्चित गर्ने मानवता विरोधी कार्य विरुद्ध हामी काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा धर्ना तथा विरोधको कार्यक्रम गर्न बाध्य भएका छौं । हामी हाम्रो मागको बारेमा सरकार र सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि कार्यालय घेराउ गर्नु परेको हो,’ सुकुम्बासी संघका अध्यक्ष विकले भने ।

तराई मधेसदेखी काठमाडौंको सुकुम्बासी बस्तीमा समेत खानेपानीको अभाव भएकोले सरकारले यथासिघ्र खानेपानीको व्यवस्था गर्नुपर्ने आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । खानेपानी नेपाली जनताको मौलिक हक भए पनि निकम्मा सरकारले चासो नदिएको उनले बताए ।

संसददेखी सडकसम्म पानीको माग गर्दै सरकारको चर्को आलोचना भईरहेको छ । काठमाडौंको सुकुम्बासी बस्ती देखी तराई मधेसका जिल्लामा खानेपानीको माग गर्दै चर्कोरुपमा आवाज उठिरहेको छ ।

संसदमा सांसदहरुले तराई मधेसका जिल्लामा इनार, चापाकल सुकेकाले खानेपानीको अभाव भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले चासो नदिएको गुनासो सांसदहरुले गरेका छन् । यस्तै अहिले धान रोप्ने बेलामा पानी नपाएर किसानले धान रोप्न नपाएको बारेमा समेत सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x