शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

तस्बिर : बीबीसी
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौँ / अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । आइतबार बिहान अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट ट्रम्पको अनुहार र कानमा चोट लागेको छ । अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले उहाँको अवस्था सामान्य रहेको जनाएको छ ।

गोली प्रहारबाट घाइते हुनुभएको ट्रम्पलाई गुप्तचरहरूले नजिकैको अस्पतालमा लगेका थिए ।

त्यस्तै, गोली प्रहारमा संग्लग्नको आशङ्का गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुमा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x