शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

आम जनता पार्टीले असोज ३ गते देशैभर २०७२ को संविधान अन्त्येष्टि

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

 

शुक्रबार ४ आसोज २०८१,
बनेपा / आम जनता पार्टीले असोज ३ गते देशैभर २०७२ को संविधान अन्त्येष्टि गरेका छन् ।
अहिले जारी गरिएको संविधान २०७२ आम जनजाति , उत्पीडित बर्ग,मजदुरको पक्षमा नरहेको बरु केही भगौडा दलाल नेताहरुको मुठ्ठीमा रहेको भन्दै आम जनता पार्टीले असोज ३ गते देशैभर बिरोध तथा अन्त्येष्टि गरेका छन् ।
आम जनता पार्टी तामसालिङ नेवा प्रदेशद्वारा २०७२ को संविधान जनताको हितमा नरहेको भन्दै अन्त्येष्टि गरेका छन् । काभ्रेको बनेपामा आयोजित अन्तरक्रिया कार्यक्रम पछि नेपालको संविधान २०७२ले भ्रस्टाचार, दलियतन्त्र निम्त्याएको भन्दै अन्त्येष्टि गरिएको उक्त पार्टीका स्थायी कमिटी सदस्य प्रशान्त तिमिल्सिनाले बताए। प्रमुख अतिथी पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष ज्ञानेन्द्र तामाङ ,उपमहासचिव धन कुमारी मगर, स्थायी कमिटी सदस्य तथा आम आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ तामाङ ,नेवा तामसालिङ प्रदेशका अध्यक्ष रमेश थपलिया, आम ट्रेड युनियनका अध्यक्ष शिव थापा,महासचिव तेज नारायण थारु लगायत पार्टीका अन्य नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरले अहिलेको संविधान जनताको भावना बिपरित रहेको भन्दै पुर्ण खारेजी गरिनुपर्ने औल्याए।उनले यो संविधान जनताको संविधान नरहेको भन्दै केही ठुला भनाउदा नेताहरुको मुठ्ठीमा रहेकोे आरोप लगाए। त्यस्तै अर्का उक्त पार्टीका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले भगौडा दलालहरुका कारण आम जनताले सास्ती पाएको भन्दै राजा हटाए पनि उनलाई सेवा सुबिधा दिनु जनतामाथी दु:ख थुपार्ने काम भएको बताए।त्यस्तै अर्का बक्ता आजपाका उपमहासचिव धन कुमारी मगरले छदमबेसी नेताका कारण जनताले दु:ख पाएको भन्दै संविधान खारेजी गरिनुपर्ने बताइन् ।
आम ट्रेड युनियन फेडेरेसनका अध्यक्ष शिव थापाले अहिलेको संविधान कुनै जात सम्प्रदायको पक्षमा नरहेको भन्दै खारेजी गरिनु पर्ने बताए।आम जनता पार्टी नेवा तामसालिङ प्रदेशका अध्यक्ष रमेश थपलियाले यो संविधान भगौडा दलाल पुजिबादहरुको पक्षमा रहेको भन्दै बिरोध जनाए।त्यस्तै आम आदिवासी जनजाती महासंघका अध्यक्ष पासाङ तामाङले पहिचानबादी शक्तिहरुको माग यो संविधानमा नराखिए संसोधन नगरिए यो दिनलाई निरन्तर कालो दिनको रुपमा मनाइने बताए।त्यस्तै आम जनता पार्टीका केन्द्रिय सदस्य तथा आम ट्रेड युनियन फेडेरेसनका महासचिव तेज नारायण थारुले अहिले जारी भएको संविधानले आम जात,धर्म सम्प्रदायलाई उपेक्षा गरेको भन्दै घोर बिरोध जनाए।आइटी आर्मीका केन्द्रिय सचिब प्रसान्त तिमिल्सिनाले अहिले जारी भएको संविधान कुनै पनि दिशाबाट स्विकार्न नसकिने बताए। रमेश थपलियाको अध्यक्षतामा भएको उक्त अन्तर्कृया बैठकलाई प्रसान्त तिमिल्सिनाले संचालन गरेका थिए।
आमजनता पार्टी (आजपा)ले संविधानको  वीरगन्जमा,पोखराआजपाका नेताहरूलाई प्रहरीले पक्राउ पनि गरेको छ । संविधान खारेजीको माग गर्दै संविधानको अन्त्येष्टि यात्रा निकालेको आजपाले देशका प्रमुख सहरमा नाराबाजी गरेको छ ।
पछिल्लो समय आजपाले भगौडा पुजिबादको अन्त्य गरिनुपर्ने , भ्रष्टाचार लाई निर्मुल पारिनुपर्ने, कर तिर्नु नहुने,भोट फिर्ता अभियान लगायतका मुद्दा उठाएर आन्दोलित भएका छन् । जनताको शासनको लागि आजपाले तेस्रो जनआन्दोलनको घोषणा समेत गरिसकेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x