शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

स्वर्गीय आमा दुखनी देवी चौधरीको सम्झनामा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण

Spread the love

आइतबार ३ फागुन २०८२
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर स्वर्गीय आमा दुखनी देवी चौधरीको स्मृति सम्झनामा पशुपति क्षेत्रमा निःशुल्क पानी वितरण गरिएको छ।
सप्तरीबाट आएका श्रावण कुमार चौधरी (छोरा) तथा उनकी पत्नी सविना कुमारी चौधरी (बुहारी)को पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा पशुपतिनाथ मन्दिर परिसरमा दर्शनका लागि आएका हजारौं श्रद्धालुलाई पानी वितरण गरिएको थियो।
महाशिवरात्रि २०८२ को अवसरमा तथा स्वर्गीय आमाको सम्झनामा  भक्तजनको सेवाका लागि कार्यक्रम सञ्चालन गरिएको हो। भीडभाडका बीच लामो समय लाइनमा बसेर दर्शन गर्ने श्रद्धालुलाई सहजता होस् भन्ने उद्देश्यले निःशुल्क पानी उपलब्ध गराइएको आयोजकले बताएका छन्।
धार्मिक अवसरलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको यस कार्यक्रमले भक्तजनबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x