सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

विदाइअघि दलका नेतासँग प्रधानमन्त्रीको भेट

जित्नेलाई बधाइ, हार्नेलाई शुभकामना
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

बुधबार ४ चैत २०८२
काठमाडौं /  प्रधानमन्त्री सुशीला कार्की ले विदाइअघि प्रमुख दलका नेताहरूसँग भेटघाट गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएकी छन्।
बालुवाटारमा आयोजित भेटमा उनले सबै राजनीतिक दलको सहयोगका कारण मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक बाटोमार्फत निकास दिन सफल भएको बताइन्। साथै, निर्वाचनमा विजयी भएका उम्मेदवारहरूलाई बधाई दिँदै पराजित हुनेहरूलाई आगामी अवसरका लागि शुभकामना व्यक्त गरिन्।
यस क्रममा पुष्पकमल दाहाल प्रचण्ड ले समयमै निर्वाचन सम्पन्न नभएको भए मुलुक ठूलो संकटमा जान सक्ने अवस्था रहेको उल्लेख गर्दै सरकारको कामको प्रशंसा गरे।
त्यस्तै माधव कुमार नेपाल ले चुनौतीपूर्ण परिस्थितिमा छोटो समयमै निर्वाचन गराउनु प्रधानमन्त्रीको दृढता र नेतृत्व क्षमताको उदाहरण भएको बताए।
भेटमा नेकपाका शीर्ष नेताहरू सहभागी भएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x