सुरुङगा डिजिटलको नयाँ प्रस्तुति थारु गित “तोहर प्यारमे” गितको शुभमुर्हत सम्पन्न

नवजीवन
शुक्रबार २४ असोज २०८२
सप्तरी / सुरुङगा डिजिटलले नयाँ थारु गित “तोहर प्यारमे” गितको शुभमुर्हत सम्पन गरेको छ ।
शुक्रबार सप्तरीको सुरुङगा नगरपालिका -२ भेडिया स्थित भेडिया पार्कमा थारु निर्देशक तथा कोड्योग्राफर दिपक चौधरीले रिवन काटेर शुभमुर्हत कार्यक्रम सम्पन गरेको हो ।

थारु गित “तोहर प्यारमे” बोलको गितको गितकार दिलिप कुमार चौधरी, संगीतकार रुपक चौधरी, स्वर मधु सेन्चुरी र रुपक चौधरी को रहेका छन। भिडियोमा मुख्य भुमिका नयाँ अनुहारमा राकेश चौधरी सँग राष्ट्रिय थारु कलाकार मंच जिल्ला कार्य समिति सप्तरीको कोषाध्यक्ष चन्द्रकाला बच्छार थारुको अभिनय रहेका छन ।
“तोहर प्यारमे” गितको भिडियो निर्देशन थारु निर्देशक तथा क्रोयोग्राफर दिपक चौधरी तथा भिडियो छाँयाङकन निरोज चौधरीले गर्नेछन ।
सुरुङगा डिजिटलको यो तेस्रो प्रस्तुति रहेको र यो भन्दाअगाडी दुई वटा प्रस्तुतिमा थारु गित “पिबै दारु” को मियुजिक भिडियो र थारु लघु चलचित्र
सुरुङगा डिजिटलले प्रस्तुत गरिसकेका छन। ” तोहर प्यारमे” गितको म्युजिक भिडियो यहि आउने दिपावली देखि छठ सम्ममा Surunga Digital मा देख्न सकिन्छ ।
गितको शुटिङ्ग उदयपुर, सप्तरी र सुनसरी जिल्लामा हुने निर्माण पक्ष तथा सुरुङगा डिजिटल टिमले जानकारी दिइएका छन ।
link open
https://www.facebook.com/share/v/14UV1Y5jksy/?mibextid=qi2Omg
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE