शुक्रबार, बैशाख १२, २०८२
Friday, April 25, 2025

पीएम कपमा पहिलो जित कोशीको

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

whatsapp sharing button
आइतबार ३ चैत २०८१

काठमाडौँ  /  जारी पीएम कप अन्तर्गत कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । आइतबार  एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा कोशी प्रदेसले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको केवल ३२ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ८.२ ओभरमा एक विकेव्त गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकी प्रदेश केवल ३१ रनमा अल आउट भएको थियो । २०.४ ओभरमा अल आउट हुदै गण्डकीले ३१ रन बनाएको थियो । गण्डकीलाई अल आउट गर्नेक्रममा कोशीका विपिन महतोले ६ विकेट लिएका थिए भने फिर्दोश अन्सारीले ३ विकेट लिएका थिए ।

गण्डकीले बनाएको ३१ रन पीएम कपको इतिहासमा दोस्रो कम टोटल हो । यस अघि २०२४ को पीएम कपमा कोशी प्रदेशले गण्डकी प्रदेशविरुद्धको खेलमा पीएम कपकै इतिहासमा सबैभन्दा कम २५ रन मात्र बनाएको थियो । यसरी गण्डकीले ३१ रन मात्र बनाएर आफ्नो नाम लज्जास्पद किर्तिमानमा दर्ज गराएको छ ।

यो जितपछि कोशी प्रदेशले पहिलो जित हासिल गरेको हो । यो जितपछि कोशीको ५ खेलमा एक जित र ४ हार बेहोरेको छ र २ अंक हासिल गरेको छ । त्यस्तै गण्डकीको भन ४ खेलमा एक जित र ३ हारसहित २ अंक रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv