शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

आफ्नै प्रेमीलाई छुरा प्रहार गरि हत्या गर्ने युवती पक्राउ

  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

सोमबार ५ साउन २०८२

जनकपुर /  जनकपुरधामस्थित एक गेष्टहाउसमा युवक हत्या गरेको अभियोगमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। आफ्नै प्रेमीको हत्या गरेको आरोपमा महोत्तरीकी २४ वर्षीया जुली झा पक्राउ परेकी हुन्।

प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय विमलेश यादवको छुरा प्रहार गरी गेष्टहाउसको माथिल्लो तलाबाट तल खसालेर हत्या गरिएको हो। विमलेशको मृत्यु आइतबार बिहान उपचारका क्रममा भएको थियो।

हत्या भएको स्थान जनकपुरधाम–२ मा रहेको एसपी एण्ड गेष्ट हाउस हो, जहाँ उनीहरू शनिबार राति ९:५५ बजे एकसाथ प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। घटनापछि जुली झा गेष्टहाउसबाट हतारहतार भाग्दै गरेकी देखिएको हो, जसले उनीमाथि शंका थप बलियो बनाएको प्रहरीले बताएको छ।

धनुषा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहले पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गर्दै भने, “विमलेशको हत्या कर्तव्य ज्यान अन्तर्गतको गम्भीर मुद्दा हो। युवतीलाई नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान भइरहेको छ।”

विमलेश र जुली झाबीच के कस्तो सम्बन्ध थियो र हत्या गर्नुको ठोस कारण के हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। न्युज अफ नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x