बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

संविधान संशोधन गर्न जति ढिला हुन्छ, त्यति नै सडक आक्रोशित बन्दै जान्छः कांग्रेस नेता डा.कोइराला

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

शनिबार ३० चैत २०८१

काठमाडौं / नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले संविधान संशोधनको गर्न ढिलाइ हुँदै जाँदा सडकमा आक्रोश पनि थपिँदै जाने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले अब संविधान संशोधन वा पुनरावलोकनमा ढिलाइ गर्न नहुने बताएका हुन् । उनले संविधान संशोधन, सु्शासन र भ्रष्टाचार नियन्त्रणको पक्षमा सरकारले काम गर्न नसकेको खण्डमा दिनप्रतिदिन निराशा बढ्दै जाने बताए । नेता कोइरालाले अहिले शुसासनको प्रत्याभूति नरहेको बताए । उनले अब सुशासन दिन सरकारले कन्जुस्याइँ गर्न नहुने बताए ।

साथै, उनले अहिले आफ्नो पार्टी र एमाले मिलेर सरकार बनेको भएपनि कांग्रेसले खबरदारी गरिरहनुपर्ने बताए । एमाले भविष्यको प्रतिस्पर्धी दल पनि रहेको बताउँदै नेता कोइरालाले सरकारले गलत, कमी कमजोरी गरेको खण्डमा कांग्रेसले खबरदारी गर्न आवश्यक रहेको बताए ।

‘हामी अहिले एमालेसित सहकार्य गरेर अघि बढिरहेका छौँ । यसलाई म खराब भनिरहेको छैन । तर यो सरकारले कतै गलत, कमी कमजोरी गरिरहेको छ की भनेर हामीले खबरदारी गरिरहनुपर्छ,’– उनले भने । source RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv