शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

एसइई परीक्षाकै दिनदेखि उत्तरपुस्तिका जाँच सुरु

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौं, चैत २०, २०८२
माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएसँगै उत्तरपुस्तिका जाँच गर्ने काम पनि सोही दिनदेखि सुरु गरिएको छ। एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित परीक्षा दिएकै दिन कापी परीक्षण सुरु गरिएको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा सम्पन्न भएलगत्तै सम्बन्धित केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको छ। बिहीबारदेखि सुरु भएको परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइएको थियो, जसको कापी परीक्षण सोही दिन सुरु गरिएको हो।
बोर्डका डेपुटी कन्ट्रोलर विष्णु ज्ञवालीका अनुसार प्रत्येक परीक्षा केन्द्रमा परीक्षा सकिएपछि करिब तीन घण्टाभित्र कापी परीक्षण गरिन्छ। उनले आफ्नै विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको कापी जाँच नगर्ने व्यवस्था गरिएको स्पष्ट पारे। “हामीले केन्द्र नै विद्यालय साटेर व्यवस्था गरेका छौं,” उनले भने।
बोर्डका अनुसार परीक्षा र उत्तरपुस्तिका परीक्षण कार्य चैत २९ गतेसम्म सम्पन्न हुनेछ। त्यसपछि तथ्यांक अद्यावधिक तथा नतिजा तयारीको काम अघि बढाइनेछ। यसरी काम अघि बढाउँदा एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
यस वर्षको एसइई परीक्षामा देशभरबाट ५ लाख ९ हजार ९५१ विद्यार्थी सहभागी भएका छन्। तीमध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र रहेका छन्। देशभर १ हजार ९ सय ९१ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x