सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

गृह मन्त्रालयमा रवि–बालेन समूहबीच टक्कर

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

शुक्रबार ६ चैत २०८२
काठमाडौं / प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझाइएसँगै नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। ताजा जनमतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई–तिहाइ बहुमत हासिल गरेपछि एकल बहुमतको सरकार बन्ने निश्चित देखिएको छ।
रास्वपाको आन्तरिक छलफलअनुसार आगामी चैत १३ गते प्रधानमन्त्रीको शपथग्रहण गर्ने कार्यतालिका तय गरिएको छ। त्यसअघि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथग्रहण हुने संघीय संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका लागि बालेन्द्र शाह लाई निर्विकल्प उम्मेदवारका रूपमा अघि सारिएको छ। तर, सरकार गठनको तयारीसँगै पार्टीभित्र शक्तिशाली मानिने गृह मन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा विवाद चर्किएको छ।
गृहमन्त्री चयनलाई लिएर रास्वपाभित्र दुई धार स्पष्ट रूपमा देखिएका छन्। पार्टी सभापति रवि लामिछाने निकट समूहले उपसभापति डीपी अर्याल लाई गृहमन्त्री बनाउनुपर्ने अडान राखेको छ। उनीहरूले संकटका बेला पार्टी जोगाउन अर्यालले महत्वपूर्ण भूमिका खेलेको र वरीयताका आधारमा पनि उनी नै उपयुक्त हुने दाबी गरेका छन्।
यता भावी प्रधानमन्त्री बालेन्द्र शाह भने आफ्नो कार्यशैलीलाई पूर्ण रूपमा साथ दिने ‘रिजल्ट ओरिएन्टेड’ टिम बनाउन इच्छुक देखिएका छन्। उनले आफ्ना विश्वासपात्र तथा रूपन्देही–१ बाट निर्वाचित सुनील लम्साललाई गृहमन्त्री बनाउन चाहेको स्रोतको दाबी छ।
काठमाडौं महानगरपालिकामा पूर्वाधार विज्ञका रूपमा बालेनसँगै काम गरेका लम्साल ‘शान्त रूपमा काम गर्दै परिणाम दिने’ व्यक्तिका रूपमा परिचित छन्। बालेनको रोजाइमा लम्सालसँगै सस्मित खरेल र राजुनाथ पाण्डेसमेत सम्भावित सूचीमा रहेका छन्।
गृह मन्त्रालयको विवाद समाधान गर्न सभापति रवि लामिछाने आफैं सरकारमा सहभागी हुने विकल्पसमेत छलफलमा आएको छ। तर सर्वोच्च अदालतमा विचाराधीन फौजदारी तथा संगठित अभियोगसम्बन्धी मुद्दाका कारण उनको सरकार सहभागिताबारे पार्टीभित्रै अन्योल देखिएको छ।
यदि लामिछाने सरकारमा नजाने अवस्था आएमा डीपी अर्याल र सुनील लम्सालमध्ये कसले बाजी मार्ने भन्नेमा पार्टीभित्रको शक्ति सन्तुलन निर्णायक बन्ने विश्लेषण गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x