समा-चकेवा पर्वको कथा छोटकरीमा
लेखक भुलाई चौधरी, रायपुर, सप्तरी, अध्यक्ष थारू भसा साहित्य केन्द्र नेपाल ।
बिहीबार २९ कार्तिक २०८१
प्राचीनकालमा अर्थात् आजभन्दा लगभग २००० वर्ष पहिले गर्भदेश (आजको इलाहाबाद क्षेत्र)मा कृष्णभुषन सेन नामको एउटा महाप्रतापी तथा महाधर्मात्मा राजा हुनुहुन्थ्यो । उहाँकी रानी अर्थात् धर्मपत्नीको नाउँ आदमबती थियो । राजा रानी धेरै हँसी-खुशीपूर्वक धेरै समयसम्म राज्य गरे । जनताहरु पनि धेरै हँसी-खुशी थिए । राजारानीलाई समा नाउँ गरेकी एउटी राजकुमारी र साम्ब नाउँ गरेको एउटा राजकुमार थियो । राजकुमारी समा र भाई साम्ब पनि बुबा-आमा जस्तै धार्मात्मा र आज्ञाकारी थिए । उनीहरु संधै संगै पढन स्कुल जाने गर्दथे र स्कुलबाट घर आउँने गर्दथे। राजकुमारी भाई साम्बलाई खूब माया गर्ने गर्दथिइन भने साम्ब पनि आफ्नी दिदीलाई त्यतिकै माया गर्दथे ।
राजकुमारी समाको थारू संस्कार अनुसार बालकालमै अर्थात् बारह वर्षकै उमेरमा मगधका सेन बंशीय राजाका सातम पुस्ताका राजकुमार चक्रवाक सेनसंग बिहे भएको थियो । तर राजकुमारी समा थारूको संस्कार अनुसार बिहे भईसके परान्त पनि माईतीमै बसेर, पढने, लेखने, व्यवहार सिक्ने र हुँर्कदै थिइन । यसरी राजकुमारी समा बिस्तारै-बिस्तारै हुँर्कदै दिन-दिनै सुन्दरी हुँदै आई । राज कुमारी समाको सुन्दरतादेखि दरबाका एक जना चुरठ नाम गरेको दरवारिया मोहित भएर राजकुमारी समासंग एक दिन मौका छोपेर प्रेम प्रस्ताव गरे । तर समा विवाहित भएकोले चुरठको सो प्रेम प्रस्ताव अस्वीकार गरिन । पछि प्रेम प्रस्ताव समाले अस्वीकार गरेपछि चुरठ खूब डरायो कि समाले यो कुरो राजासम्म पुर्यायो भने राजाले मलाई कडाभन्दा कडा दन्ड दिन बेर छैन र सो दण्डबाट डराएर बाच्न बाँच्ने उपाई स्वरूप समा राजासम्म पुग्नु अगाबै चुरठ राजा निर गएर राजासंग बिन्ती गरे कि सरकार मैले जी-जानको बकस पाउँ भने एउटा समाचार सुनाउन चाहन्छु । राजाले भने ल हुन्छ अनि चुरठले भने सरकार मलाई राजकुमारी समाको चरित्र ठिक लाग्दैन ।
राजकुमारी समाको बारेमा यो कुरो सुनेपछि राजा रिसले आगो हुनु भयो तर के गर्ने अगाडिनै केही न गर्ने भने चुरठलाई वचन दिई सक्नु भएको थियो । अन्तमा राजा रिस पचाएर सबै कुरो राम्ररी विचार गरेर समालाई सिपाही लगाएर बृन्दाबन कुन्ज बोनमा बनबास स्वरुप एकलै छोडेर आउन आदेस दिनु भयो र सिपाहीहरु त्यसरी नै राजाको आदेस पालन गरेर राजधानी फर्के । त्यसपछि देशमा हाहाकार मचियो । रानी आदमबती, राजकुमार साम्ब र समाका श्रीमानले यो घटना बारे थाहा पाए । राजपरिवारमा रुवाबासी चल्यो । रानी आदमबती रुदै राजा कृष्णभूसन सेनसंग वार्ता गर्न लागिन भने राजकुमार साम्ब आफ्ना सैनिक सहित र त्यहाँका जनताहरु सबै राजकुमारीलाई खोजी गरेर घर फर्काउन बृन्दाबनतिर लागे । सबैले बनमा राजकुमारी समा कहाँ पुगी जति अनुनय विनय र रोदन गर्दा पनि समा बुबाको आज्ञा अवहेलना गरेर घर फर्कन मानिन ।
समाको बनबासको कुरो थाहा पाएपछि समाका श्रीमान राजकुमार चक्रवाक पनि आफ्ना दलबल सहित राजकुमारीलाई बनबाट आफ्नो घर मगध ल्याउन बनमा समा कहाँ पुग्यो र सबै कुरो समालाई सम्झाए तर केही शिप लागेन । उल्टै राजकुमारी समाले सबैजनालाई आ-आफ्नो घर फर्की बुबालाई कुनै दोष न लगाई आ-आफ्नो कर्तव्य गर्न अनुरोध गर्दै भाई साम्ब र श्रीमान चक्रवाकलाई तपाईहरु पनि घर फर्केर आफ्नो राजपाट संचालन गर्नुस् भने अनुरोध गरिन । यस जनममा म तपाईहरुलाई साथ दिन सकिन तर अर्को जनममा एउटै कोखबाट फेरि जनम लिएर साथ र सहयोग गर्नेछुको वचन दिएर तपस्यामा लीन भईन । सबै जना त्यसपछि घर फर्केर आ-आफ्नो काममा लागे ।
थारु समाजमा जन विश्वास छ कि अर्को जनममा समा समाचकेवा पंक्षीको रुपमा जनम लिएर भाई साम्ब र श्रीमान चक्रवाकलाई साथ र सहयोग दिन सफल भएको बुझिन्छ र यसैको यादमा थारु समाजमा महिलाहरु हरेक वर्ष कार्तिक महिना शुक्लपक्ष दुतिया तिथिदेखि घर-घर माटोको समाचकेवा पंक्षी निर्वाण गरी बेलुकी पूर्णेसम्म समा, साम्ब र चकवाकको यादमा यो उत्सव गीत गाई-गाई दाजुभाईलाई हरेक राती आसिक दीई समा पर्व मनाउने गर्दछिन भने यो महिनामा नदीनाला जलकर ठाँउहरुमा समचकेवा पंक्षी पनि देखिने गरिन्छ ।
समा चकेवा पर्व दीदी-बहिनी र दाज्यु-भाई बीचको अमर प्रेमको प्रतिकको रुमा थारू समुदायमा लिने गरिन्छ । यो पर्व थारू समुदायको महान सांस्कृतिक उत्सव पर्व हो ।
WRITE COMMENTS FOR THIS ARTICLE