शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने प्रभु साहको सुझाव

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

सोमबार १३ असोज २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारमा जेनजी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्ने सुझाव दिएका छन ।

रौतहटको फतुवाबिजयपुर नगरपालिका-२ सितलपुरमा आयोजित शुभकामना कार्यक्रमलाई आज सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो बताएका हुन् ।

जेनजी आन्दोलनकै बलमा बनेको सरकारमा त्यही समूहको प्रतिनिधित्व नहुनु दुखद भएको टिप्पणी उनले गरे ।

`अहिलेको सरकार जेन-जी आन्दोलनको बलमा गठन भएको छ । यो सरकारमा जेन-जी वा जेनजी आन्दोलनका शहिद परिवारको पनि प्रतिनिधित्व हुनुपर्छ,´ आजपा अध्यक्ष साहले भने ।

कांग्रेस र एमालेको दुई तिहाई शक्तिशाली सरकारले मुलुकको जोगाउन नसकेको टिप्पणी समेत उनले गरे । अहिले एमाले, कांग्रेसमै नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चलिरहेको बताउदै साहले केपी ओली, शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर अगाडी बढदा मुलुक र सोही पार्टीको हितमा हुने बताए ।

उनले एमालेले ओलीलाई अगाडि नलगाओस र कांग्रेसले देउवा देखाएर दाईं नगरोस भन्दै बलपूर्वक हटाईएका यी बुढा नेताहरुलाई अब राजनीतिबाट स्थायी रुपमा बिदाई गर्नुको विकल्प पनि नभएको टिप्पणी गरे ।

मुलुकलाई झनै ठूलो संकटको भूमरीमा फसाईयो बताउदै उनले अहिलेकै संविधान कायमै राखेर समस्याको समाधान नहुने ठोकुवा समेत गरे । अन्तरिम सरकारका साथै अन्तरिम संविधानबाटै मुलुकले निकास पाउने उनले बताए । #जेनजी

WRITE COMMENTS FOR THIS ARTICLE

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x