आइतवार, असार १, २०८२
Sunday, June 15, 2025

बजेटका कतिपय कुरामा आफु र पार्टीलाई चित्त बुझेको छैनः सभापति देउवा

  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

मङ्गलबार २७ जेठ २०८२

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताएका हुन्।

उनले नेपाल-भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाई गर्न जरुरी रहेको धारणा राखे। सभापति देउवाले सुनको आयातलाई पूर्णरुपमा खुला गरे लुकिछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे।

उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनिकरण गर्नुपर्ने धारणा राखे।

उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने धारणा राखे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x