बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

ओली-देउवालाई अध्यादेश भारी, जसपालाई मधेशको मुख्यमन्त्री र उपेन्द्रलाई संघीय सरकारमा भाग दिने तयारी

  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

शुक्रबार २५ माघ २०८१

काठमाडौं /  सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउने तयारी थालेका छन् । सरकारले पछिल्लो समय ल्याएको अध्यादेश पारित गराउन राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक भएसँगै कांग्रेस–एमालेले यस्तो तयारी थालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतितिनिधि सभाबाट विश्वासको मत लिँदा दुई तिहाइभन्दा बढी मत पाएका थिए । तर, राष्ट्रिय सभामा भने कांग्रेस–एमालेसँग बहुमत छैन । बहुमत नहुँदा अध्यादेश अस्वीकृत हुन्छ । अध्यादेश अस्वीकृत भएको खण्डमा सरकार नैतिक एवं राजनीतिक संकटमा पर्छ ।

यस्तो सम्भावित संकट टार्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालका अनुसार जसपालाई मधेशमा मुख्यमन्त्री दिने र पार्टी अध्यक्ष उपेन्द्र यादवलाई संघीय सरकारमा सहभागी गराउने तयारी भइरहेको बताए ।

‘उपेन्द्र यादवलाई पनि हामीले सरकारमा आउनुस् भनेका छौं । अहिले मन्त्रालयको कुरा केही भएको छैन । पहिले पनि सरकारमा सामेल हुनुस् भनेको हो । मधेश हामीलाई हुनुपर्छ भन्नुभयो । अहिले कुुरा भइरहेको छ । मधेश प्रदेशको मुख्यमन्त्रीको बारेमा पनि कुरा भइरहेको छ,’– मन्त्री दाहालले भने ।

त्यस्तै, जसपा नेपालका महासचिव एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि सरकारको जाने अन्तिम तयारी रहेको बताउँछन् । मधेश र संघीय सरकारमा जाने तयारीबारे राउत भन्छन्, ‘राजनीतिक दल सरकारमा जाँदैन भन्न सकिँदैन । सरकारमा गएर जनताको पक्षमा, जनताको हक, हित र अधिकारको लागि जान्छ नि त । हामीले जोगी बन्नका लागि राजनीतिक दल बनाएको त होईन । सरकारमा जाँदैनौं भनेर बनेको होईन, जानुपर्छ ।’

स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देउवा–ओलीसँग मधेशको मुख्यमन्त्री र संघीय सरकारमा उपप्रधानसहित गृहमन्त्री मागिरहेका छन् । मधेशमा मुख्यमन्त्री दिन देउवा–ओली तयार भएपनि संघीय सरकारमा गृहमन्त्रीमा कुरा नमिलेको बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x