आइतवार, असार १, २०८२
Sunday, June 15, 2025

विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले पनि ट्रेड युनियनको हक पाउँनुपर्छ : प्रभु साह

प्रभु साहको प्रश्न, ‘गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउन सक्छ ?’
  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

 

बिहिवार १८ बैशाख २०८२
सुनसरी / आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा मुलुकमा भैराखेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन् ।

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्धारा आयोजित दलाल दलतन्त्र विरुद्धम खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गईरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडी बढन सक्दैन् ।’

यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको बताए । ‘मुलुकलाई अगाडी बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध विग्रदै गएको छ । हाम्रा दुई छिमेकी भारत र चीनसंग सम्बन्ध राम्रो छैन् । प्रधानमन्त्रीको स्टन्टले भारत सहितका देशसंगको सम्बन्ध बिग्रेको छ,’ उनले भने ।

श्रमजिवि, मजदुर सहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा बर्गको सेवामा लागेको उनले बताए । बिचौलिया र भगौडा बर्गको सेवा गरिरहेको सरकारले बिचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाई गरेको उनले बताए ।

नेपाल सहित विदेशमा श्रमजिवि मजदुरहरु बिभिन्न समस्याका कारण तड्पिरहेको भए पनि सरकार मौन बसेको उनले बताए । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरुले ट्रेड युनियनको हकअधिकार पाउनुपर्ने आजपा अध्यक्ष साहले बताए ।

‘अहिलेको २१औं शताब्दीमा दास्ताको नारकिय जिवनमा धकेल्न पाईन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले सरकारसंग प्रश्न गरे ।

साहले नेपालको उधोगमा नेपालीले रोजगार नपाउने र विदेशीलाई रोजगार दिने काम आफूलाई अस्वीकार्य भएको बताए । पहिलो प्राथमिकता नेपाली मजदुरलाई नै दिनुपर्ने उनले बताए ।

ट्रेड युनियनको हकलाई स्वीकार नगर्ने देशमा नेपाली मजदुर पठाउन नहुने उनले बताए । ट्रेड युनियनको मान्यता नदिने देशमा नेपालीलाई किन पठाएको भन्दै उनले सरकारसंग प्रश्न समेत गरेका छन् ।

यस्तै नेपालमा घरेलु कामदारको हकअधिकार सुनिश्चित नभएको बताए । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानून निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनले बताए । यथाशिघ्र घरेलु कामदारको हितमा हुने गरी कानून निर्माण गर्नुपर्ने उनले बताए ।

आम ट्रेड युनियन फेडरेशनका अध्यक्ष शिव थापाको अध्यक्षतामा भएको कार्यक्रममा आजपाको सहअध्यक्ष तिलक थापा, बिल्टू यादव, जुरीलाल मोची लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यसैगरी आम ट्रेड युनियन फेडरेशन केन्द्रीय समितिको आयोजनामा आजै काठमाडौंमा बिभिन्न कार्यक्रम सहित १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । ‘श्रमिकको सम्मान, सुरक्षा र स्वदेशमै रोजगारीका लागि दवाव बढाऔँ’ भन्ने नारा सहित आजपा निकटको आम निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष बिनोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आजपा नेताहरु धनकुमारी मगर, रञ्जु साह, तेजनाराण चौधरी, देवकुमारी साह, प्रमोदराज घिमिरे, अनिता थापा लगायतकाले सम्बोधन गरेका थिए ।

यसैगरी आजै आजपा निकटको आम ट्रेडयुनियन फेडरेशन गण्डकी प्रदेशको आयोजनामा पोखरामा समेत मजदुर दिवस भव्यरुपमा सम्पन्न भएको छ । फेडरेशनका गण्डकी प्रदेश अध्यक्ष सुर्यबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा आजपा गण्डकी प्रदेशका अध्यक्ष भोजराज त्रिपाठी नेताहरु संतोष साह, हरि थापा, सीता सुवेदी, लक्ष्मी तामाङ लगायतकाले सम्बोधन गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x