बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

बुधबार ६ जेठ २०८३
सप्तरी / नेपाल–भारत विकास सहयोग कार्यक्रम अन्तर्गत सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–१ शिशुवारीस्थित श्री जनता माध्यमिक विद्यालय मा भारत सरकारको आर्थिक सहयोगमा निर्मित नयाँ विद्यालय भवन बुधबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।
भारत सरकारको अनुदान तथा नेपाल–भारत मैत्री सहकार्य अन्तर्गत निर्माण सम्पन्न भवनको उद्घाटन भारतको महावाणिज्य दूतावास का महावाणिज्यदूत देवी सहाय मीना तथा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी ले संयुक्त रूपमा गरेका हुन्।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि देवी सहाय मीनाले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा शैक्षिक सम्बन्ध दीर्घकालीन रूपमा प्रगाढ रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा हुने सहकार्यले दुई देशबीचको मित्रतालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउन भारत सरकारले निरन्तर सहयोग गर्दै आएको बताए।
कार्यक्रमकी अध्यक्ष तथा नगर प्रमुख गीता चौधरीले नयाँ विद्यालय भवन निर्माणसँगै स्थानीय विद्यार्थीले आधुनिक र सुरक्षित वातावरणमा अध्ययन गर्ने अवसर प्राप्त गरेको बताइन्। उनले शिक्षा क्षेत्रको समग्र विकासका लागि नगरपालिका निरन्तर सक्रिय रहेको र आगामी दिनमा थप पूर्वाधार विकासमा जोड दिइने जानकारी दिइन्।
उद्घाटन समारोहमा नगर उपप्रमुख रुद्र बहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, विभिन्न वडाध्यक्ष, शिक्षक, शिक्षा क्षेत्रका व्यक्तित्व, पत्रकार, अभिभावक तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, नगरपालिकाका शाखा प्रमुख, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा वक्ताहरूले विद्यालय भवन निर्माणले स्थानीय शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको समापन गर्दै सुरुङ्गा नगरपालिका नगर कार्यपालिका कार्यालय ले नेपाल–भारत सहकार्यबाट सम्पन्न यस्ता पूर्वाधार विकास कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x