शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्राललयको आग्रह

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

बिहीबार ५ असार २०८२

काठमाडौ / परराष्ट्र मन्त्राललयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरिएको छ ।

बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रको भ्रमण नगर्न आग्रह गरिएको हो ।

इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेकाहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । मन्त्रालयले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरिएको छ ।

मन्त्रालयले इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव दिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x