शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

आज प्रधानमन्त्री र सांसदबीच संसद्‍मा सवाल जबाफ

Spread the love

सोमबार ७ साउन २०८१

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्।

संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले हिजो आइतबार संसदमा विश्वासको मत लिएका थिए।

आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने समेत सम्भावित कार्यसूची रहेको छ।


WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x