मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नेशनल मेडिकल कलेजद्वारा निशुल्क दन्त शिविर आयोजना, २ सय भन्दा बढी लाभान्वीत 

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

पवन प्रसाद साह

वीरगंज। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको आयोजनामा बाराको तेलकुवामा दन्त शिविर आयोजना गरिएको छ । बाराको महा गढ़ीमाई नगरपालिका वडा नम्बर ७ स्थित तेलकुवामा आयोजना गरिएको दन्त शिविरमा स्थानीय २ सय ९ जना लाभान्वित भएका छन । दन्त शिविरमा महिला पुरुष तथा बालबालिका गरी २ सय ९ जनाले दन्त शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिएको नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिए। शिविरमा आएका मध्ये दन्तमा समान्य समस्या भएकालाई तत्काल उपचार गरिनुको साथै औषधि समेत वितरण गरिएको र २८ जनाको दन्त नै निकाल्नु परेको उनले जानकारी दिए।महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष  शिबेन्द्र प्रताप सिंह , विशिष्ट अथितीमा नेशनल मेडिकल कालेज तथा शिक्षण अस्पताल वीरगंजका प्रवक्ता सेराज अहमद लगाएतको उपस्थिति रहेको थियो। दन्त शिविरमा डाक्टर अबिनाश सिंह , डाक्टर हरेन्द्र मोहन सिंह, डाक्टर राजेश साह, डाक्टर सुर्बी मिश्रा र डाक्टर सिमा यादव लगाएतले सेवा दिएका थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv